नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्ट बिच सम्झौता

250
0
Share:

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र चितवन मिडटाउन रिसोर्ट बिचको सम्झौता भएके छ । बैँक र रिसोर्टबीच आज मंसिर ८ गते ब्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पत्र भएको हो ।

नारायणी डेभलपमेन्ट बैंकका बिशेषधिकार कार्ड होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टले प्रदान गर्ने सेवा सुबिधामा बिषेश छुट दिन उक्त सम्झौता सम्पत्र भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् ।  बैंकका बिशेषधिकार कार्ड होल्डरहरुले रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्ने छन ।

बैंकले बिभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई बिभित्र मापदण्डको आधारमा बिशेषधिकार कार्ड उपलब्ध गराएको र बैंकको बिशेषधिकार कार्डको आधारमा चितवन मिडटाउन रिसोर्टवाट लिने सेवामा छुट लिन सक्ने छन ।

यस सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको ब्यावसायिक बिकास एवम् विस्तारमा सहयोग पुग्ने बिश्वास बैंकले लिएको छ । बैंकका बिशेषधिकार कार्ड होल्डरहरुलाई रिसोर्टले प्रदान गरेको छुट सुबिधामा बैंक प्रशत्रता ब्यक्त गर्दछ ।

कमेन्ट गर्नुहोस्