
एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कुमारी बैंकको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । अब आउँदो आइतबारबाट यो बैंकको सेयर कारोबारमा आउनेछ।
नेप्सेले मर्जर प्रयोजनका लागि गत असोज ११ गतेबाट कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार रोक्का गरेको थियो । कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।
कुमारी बैंक र एनसीसी बैंक १:१ सेयर स्वाप रेसियोमा मर्जरमा जाँदैछन् । दुवै बैंकले पुस मसान्तभित्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेका छन्।

कमेन्ट गर्नुहोस्








