सेयर बजारमा दोहोरो अंकको वृद्धि, घट्यो कारोबार रकम

155
0
Share:

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ बिन्दुमा ओर्लिएको छ ।

यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.०२ अंकले घटेर ३८०.९२ बिन्दुमा ओर्लिएको छ ।

कारोबार अवधिभर २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ ।

यसदिन निर्जीवन बीमा समूहबाहेक १२ वटै सूचक हरियाली बनेको छ । बिहीबार १२४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ४९ कम्पनीको सेयरमूल्य घटेको छ । आज १७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

कमेन्ट गर्नुहोस्