
आइएमई पे र मेरो किरानाबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्नेछन् । यद्यपि, ग्राहकहरुले महाबचत सेल विकमा मात्र नभइ कुल रू. ६०० सम्मको छुट पाउन सक्नेछन् ।
आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात् नेपाली जनताहरुलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।
कमेन्ट गर्नुहोस्








