सुनको मूल्य आज १ हजारले बढ्यो , तोलाको कतिमा हुँदैछ कारोबार ?

211
0
Share:

नेपाली बजारमा (बिहीबार) सुनको मूल्य फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। आज छापावाला सुन  प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।

पछिल्लो ३ दिनदेखि सुनको मूल्य ओरालो लागेको थियो। सुनको भाउ बुधबार ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन  प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्