ललितपुर–२ (२) मा कांग्रेसका चित्रकार निर्वाचित

187
0
Share:

ललितपुर क्षेत्र नम्बर २ (२) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकारले निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यलाई पराजित गरेका हुन् ।

चित्रकारले ६ हजार ९९५ मत ल्याएर निर्वाचित हुँदा शाक्यले ६ हजार ८ सय ३२ मत पाएका छन् । तेस्रोमा हाम्रो नेपाल पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि ललितपुर २ मा एमालेका प्रेमकृष्ण महर्जन निर्वाचित भइसकेका छन् भने २ ‘क’मा एमालेकै रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्