मतगणना नसकिँदै रसुवामा कांग्रेसका मोहन आचार्यको जित निश्चित

192
0
Share:

मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ । करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता लिएका छन् ।

आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ रहेको छ । आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एमालेका जनार्दन ढकाललाई हराएका थिए ।

२८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ ।

कमेन्ट गर्नुहोस्