कांग्रेसका महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि

152
0
Share:

झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।

कमेन्ट गर्नुहोस्