काठमाडौं-४ मा भारी मतान्तरले गगन थापा विजयी

156
0
Share:

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईमाथि मतगणनाको सुरुवाती चरणदेखि नै हाबी हुँदै थापाले सहज जित निकालेका हुन् ।

प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ मत ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन ।

जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आएका छन् । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई नै हराउँदै गगन विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्