कैलाली-५ मा भोलि बिहानदेखि मतगणना

172
0
Share:

कैलाली क्षेत्र नम्बर ५ को मतगणना भोलि ८ बजेदेखि मात्रै हुने भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्‍याल बिरामी भएपछि सर्वदलीय बैठकको निर्णयले भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचनको बढ्दो दौडधूपका कारण मुख्य निर्वाचन अधिकृत बिरामी परेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ ।

 कैलाली ५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् । 

कमेन्ट गर्नुहोस्