
डडेलधुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै छ । डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउवाले अग्रता कायम राखेका छन् । १००० मत गणना हुँदा देउवाले ४६३ मत ल्याएका छन्।
देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । मतगणनाको सुरुवाती चरणमा तेस्रो नम्बरमा रहेका सागर २४१ मत ल्याएर दोस्रो नम्बरमा उक्लिएका हुन् । मतगणनाको सुरुवाती चरणमा दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेस बीपीका कर्ण बहादुर मल्ल भने तेस्रो नम्बरमा छन् । उनले २०९ मत ल्याएका छन् ।
कमेन्ट गर्नुहोस्








