बागलुङमा मतपत्र च्यातियो, मतदान स्थगित

130
0
Share:

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाको जनता मा.वि. मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

बिहानबाट मतदान भइरहेको भएपनि दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए ।

हस्ताक्षर विनाकै मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको थियो ।  अहिले मतदान स्थगित भएको र मतदानस्थल प्रहरीको नियन्त्रणमा रहेको मतदान अधिकृत ढकालले बताए । कति मतपत्र च्यातिएको छ भन्ने पनि यकिन भइसकेको छैन ।

कमेन्ट गर्नुहोस्