मतगणना आज राती ९ बजेदेखि सुरु हुन्छ : प्रमुख आयुक्त थपलिया

210
0
Share:

 प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरू आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताएका छन् ।

भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आज आइतबार बिहान ७ बजेदेखि देशभर एकै चरणमा मतदान सुरु भएको छ ।

आज बेलुकी ५ बजे मतदान सकिने बित्तिकै सबै मतपेटिकाहरू सङ्कलनको काम सुरु हुने र ७ बजेसम्म मतपेटिका सङ्कलन गरी एक घण्टा छलफलको समय राखेर  आज राति ९ बजेदेखि मतगणना सुरु गरिने बताए ।

कमेन्ट गर्नुहोस्