एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्ने

159
0
Share:

एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

बैंकले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । कुल कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न र बाँकी रहेको २४ लाख कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

बोर्डले अनुमति दिएपछि बैंकले १० वर्ष अवधिको लागि वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५%-२०८९/२०९०’ नामक ऋणपत्र निष्कासशन गर्नेछ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कमेन्ट गर्नुहोस्