
मर्जर प्रक्रियाका रहेको लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । यी दुई बैंकको सेयर कारोबार आगामी मंगलबारदेखि खुला हुने भएको हो।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएको छ ।
धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए। सोही अनुसार आगामी मंगलबारदेखि यी दुई बैंकको सेयर कारोबार खुल्ने भएको हो ।
हाल मर्जरका कारण ३४ वटा कम्पनीको शेयर कारोबार रोक्का छ। धितोपत्र बोर्डले सेयर कारोबार खोल्न मिल्ने गरी नयाँ निर्देशका जारी गरेपनि अन्य कम्पनीले भने कारोबार खोल्नका लागि निवेदन नै दिएका छैनन्।
कारोबार रोक्का रहेका कम्पनीहरुले कारोबार खोल्नका लागि नेप्सेमा आवेदन दिएपछि मात्रै उनीहरुको शेयर कारोबार खुल्ने छ।








