कालिञ्चोक दर्शनलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

190
0
Share:

कालिञ्चोक दर्शन लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

बोर्डले कात्तिक २३ गते कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । उक्त सेयरको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

अब कम्पनीले पहिलो चरणमा स्थायिन बासिन्दाको लागि आईपीओ निष्काशन गर्नेछ । त्यपछि मात्र कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

कमेन्ट गर्नुहोस्