राप्ती हाइड्रो १ लाख ८३ हजार नाफामा, प्रतिसेयर आम्दानी कति ?

212
0
Share:

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेड १ लाख ८३ हजार रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म ४५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यो त्रैमासमा ३०६.६७ प्रतिशत बढी खुद नाफा गरेको छ ।

पहिलो त्रैमाससम्म गत त्रैमास सम्मको तुलनामा कम्पनीको कुल आम्दानी करीब ६५ प्रतिशत र कुल खर्च करीब ९१ प्रतिशत घटेको छ । कम्पनीले त्रैमासमा ३ लाख २५ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने ७७ हजार रुपैयाँ कुल खर्च गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत साउनमा सर्वसाधारणमा आईपीओ वितरण गरेको छ ।

जगेडा कोष रकम गत त्रैमास सम्मको तुलनामा ०.९० प्रतिशत बढेर २ करोड ४ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ०.१२ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.३४ रहेको छ ।

कमेन्ट गर्नुहोस्