
एनआईसी एसिया बैंकमा भिडियो केवाईसी (V-KYC) बाटै ग्राहकहरूको KYC विवरण अद्यावधिक गर्न सकिने भएको छ ।
घर वा अफिसबाटै आफ्नो खाताको KYC विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहक महानुभावहरूले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेको Online Application ट्याब गरी e-KYC छनौट गरी आफ्नो खाता नम्बर तथा KYC अद्यावधिकको कारण उल्लेख गरी OTP प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी Submit गर्नुपर्नेछ ।
त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा Video Call मार्फत KYC विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुनेछ वा बैंकिङ समयमा Video Call को लागि Appointment Book गरी सो समयमा KYC विवरण अद्यावधिक गर्न सकिनेछ । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकहरूको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने Video KYC सेवाको सुरुवात गरिसकेको छ ।
ग्राहकहरूले V-KYC को लागि Call गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त Video Call मार्फत देखाउनु पर्छ । यसरी V-KYC मार्फत KYC विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।
स्वदेश वा विदेशमा रहेका ग्राहकहरूलाई Video Call को माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।








