
सान्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिला त्रैमास २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नोक्सानी अझै बढेको देखिएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनी १ करोड ४२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष पनि कम्पनी ८५ लाख ५७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
यसले विद्युत् उत्पादन थालेको छैन । यसको कर्जा तथा सापटी भने बढेको छ ।
सान्जेनको चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोष २२ करोड ८० लाख रुपैयाँ ऋणात्मक छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसा नोक्सानीमा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ९३ रुपैयाँ ०६ पैसा छ ।
कमेन्ट गर्नुहोस्








