वहुविवाह गर्ने लोसपाका उम्मेदवारको उम्मेदवारी खारेज

279
0
Share:

सुनसरी । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को ९२० का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उनको उम्मेदवारी  खारेज भएको हो ।   उनले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनको उम्मेदवारी बदर गरेको हो ।

कमेन्ट गर्नुहोस्