८ प्रतिशतमाथि पुग्यो मूल्यवृद्धि

281
0
Share:

राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीनमहिने तथ्यांकअनुसार समीक्षा अवधिमा समग्र उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत पुगेको छ । साउनमा समग्र उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत, भदौमा ८.६४ प्रतिशत र असोजमा ८.५० प्रतिशत मूल्यवृद्धि भएको हो । गत वर्ष असोजमा मूल्यवृद्धि ४.२४ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहमा १५.९१ प्रतिशत, फलफूलमा १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थमा १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डामा ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ८.४४ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहमा २१.१५ प्रतिशत, स्वास्थ्यमा १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ९.४५ प्रतिशत, शिक्षामा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुमा ७.६८ प्रतिशत मूल्यवृद्धि भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मूल्यवृद्धि भएको छ। २०७८ असोजमा यी क्षेत्रमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

कमेन्ट गर्नुहोस्