भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेल भाउ घट्यो

207
0
Share:

भारतले पेट्रोलको मूल्य फेरि बढाएर पठाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ।

आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै नेपालमा पठाउने पेट्रोलियम पदार्थको मूल्य पनि हेरफेर गर्ने गर्छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलको भाउ भनेर घटेर आएको नेपाल आयल निगमले जनाएको छ । जसअनुसार डिजेलमा भने प्रतिलिटर १.३० रुपैयाँ मूल्य घटेर आएको छ।

नयाँ मूल्यअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा हुनेछ। यसअघि निगमलाई प्रतिलिटर पेट्रोलमा १३.९२ रुपैयाँ नाफा थियो। जसअनुसार निगमलाई पाक्षित (१५ दिन)मा १८ करोड रुपैयाँ नाफा थियो।

डिजेलमा यसअघि प्रतिलिटर १२.१३ रुपैयाँ घाटा व्यहोगर्दै आएको निगमले अब भने १०.८३ रुपैयाँ घाटा रहने निगमले जनाएको छ।

कमेन्ट गर्नुहोस्