देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

151
0
Share:

वर्ल्डलिङ्क कम्युनिकेसन्स् लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको संख्या सात लाख नाघेको छ । सोमबार राति ९ बजेर १२ मिनेटमा जडान गर्ने घरधुरीको संख्या सात लाख पुगेको कम्पनीले जनाएको छ । २०५२ भदौ ३० मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ ।

२०७४ जेठमा एक लाख ग्राहक स‌ंख्या पुरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो । कम्पनीका अनुसार देशभर १५० भन्दा बढी शाखा कार्यालय छन् भने पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको कम्पनीले जनाएको छ । ुबाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गरिनेछु वर्ल्डलिंकले भनेको छ ।

देशको कुल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको कम्पनीको दाबी छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४।३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्