नेसनल लाइफ इन्स्योरेन्सको अधिकाशं सूचकमा चमक

142
0
Share:

नेसनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क, खुद नाफा लगायत वित्तीय सूचकहरुमा प्रगति देखिएको छ ।

असोज मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आम्दानी २१.२५ प्रतिशतले बढेर ४ अर्ब १८ करोड १० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि ३५.०१ प्रतिशतले बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशनबापत १ करोड २५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८८ करोड २५ लाख रुपैयाँ र बीमालेख धितोमा ८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरी १७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७७ करोड २५ लाख रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा ५३ अर्ब ७७ करोड ६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात ४६.६८ गुणा रहेको छ ।

कमेन्ट गर्नुहोस्