
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२९ रूपैयाँ ४६ पैसा र बिक्री दर १३० रूपैयाँ ०६ पैसा रहेको छ । युरो एकको खरिद दर १३४ रूपैयाँ ७० पैसा र बिक्री दर १३५ रूपैयाँ ३३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रूपैयाँ १९ पैसा र बिक्री दर १५३ रूपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४१ पैसा र बिक्री दर ३५ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्








