यसपटक कृषि विकास बैंकले कति देला लाभांश ? यस्तो छ इतिहास

Share:

हालसम्म २६ वाणिज्य बैंकहरुमध्ये ८ वटा बैंकले मात्र गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेका छन् । १८ वटा बैंकले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा बाँकी रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक,स्ट्याण्डर्ड चार्टड बैंक,ग्लोबल आइएमई बैंक, कुमारी बैंक ,नेपाल क्रेटिड एण्ड कमर्श (एनसीसी बैंक), सानिमा बैंक र सिटिजन्स बैंक इन्टरनेसलले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  जसमध्ये कुमारी र सिटिजन्स बैंकको साधारण सभाबाट लाभांश पारितसमेत भइसकेको छ ।

प्रतिफल घोषणा गर्न बाँकी रहेका बैंकहरुले पनि आन्तरीक तयारी गरिरहेका छन् । बैंकहरुले पुस मसान्तसम्म वार्षिक साधारणसभा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। यसपटक लाभांश घोषणा गरेका अधिकांश बैंकले नगदलाई प्राथमिकता दिएका छन् ।

लगानीकर्तालाई राम्रै प्रतिफल दिँदै आएको कृषि विकास बैंकले यसपटक कति लाभांश देला ? बोनस सेयर देला कि नगदलाई नै प्राथमिकता देला भन्नेमा लगानीकर्ताहरुको ध्यान खिचिन थालेको छ । किनभने अहिले लाभांशको सिजन जो चलिरहेको छ ।

कुनै पनि कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछन् । त्यसैले गत वर्ष उक्त कम्पनीको नाफा र लगानीकर्तालाई बाँड्न सक्ने वितरणयोग्य नाफा कति छ त्यो हेर्न जरुरी हुन्छ । कृषि विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ छ । यसरी हेर्ने हो भने बैंकले गत आर्थिक वर्षका लागि २९.६३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।  यद्यपी कति लाभांश दिने भन्ने कुरा भने बैंक सञ्चालक समितिकै हातमा रहन्छ । यो भने अनुमानित डाटा मात्र हो ।

यस्तो छ लाभांश इतिहास

कृषि विकास बैंकले सेयरधनीलाई २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ का लागि बैंकले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी  कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकले लगानीकर्तालाई ६ प्रतिशत बोनस र ४२ प्रतिशत नगद (कर समेत) गरी कुल ३० प्रतिशत लाभासंह दिएको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा ६ प्रतिशत बोनस र १५.०५३ प्रतिशत नगत लाभांश गरी कुल २१.०५३ पातिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७३/७४ मा  २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल २१.०५३ प्रतिशत बोनस बाँडेको थियो ।

त्यसैगरी, २०७२/७३ मा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल २१.०५ प्रतिशत बोनस वितरण गरेको बैंकले २०७१/७२ मा १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा बैंकले कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा ७ प्रतिशत बोअस र ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) थिए ।

आर्थिक वर्ष २०७९/७० मा बैनाक्ले ३१.५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो वर्ष बैंकले बोनस सेयर प्रस्ताव गरेको थिएन ।

बैंकको बारेमा

कृषि विकास बैंक  नेपाल सन् १९६८ मा एडीबीएन ऐन, १९६७ बमोजिम स्थापना भएको बैंक हो । देशको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संस्थागत कर्जा उपलब्ध गराउने मुख्य उद्देश्यले सहकारी बैंकको उत्तराधिकारीका रूपमा  सो बैंकको स्थापना भएको थियो । भूमि सुधार बचत कर्पोरेशन १९७३ मा ADBN मा गाभिएको थियो ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै प्रमुख ग्रामीण ऋण संस्थाको रूपमा काम गर्दै, देशमा पर्याप्त कृषि ऋण आपूर्तिमा योगदान पुर्‍याएको छ। ग्रामीण वित्त विगतमा ADBN को प्रमुख परिचालन क्षेत्र थियो । यद्यपि, बैंकले वाणिज्य बैंकिङ सेवाहरू प्रदान गर्न १९८४ देखि वाणिज्य बैंकिङ सञ्चालनमा पनि संलग्न छ।

बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहेको छ । यसका अधिकांश सेयरधारकहरू ग्राहक र कर्मचारी हुन्।

बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) ले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो छातामुनि लिएको छ र एडीबीएन ऐन, १९६७ लगायत बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित सबै ऐन खारेज गरेको छ । पब्लिक लिमिटेड कम्पनी कम्पनी ऐन, २००६ अन्तर्गत दर्ता भएको र नेपाल राष्ट्र बैंकबाट २००६ देखि “क वर्ग वित्तीय संस्था” को रूपमा इजाजतपत्र प्राप्त भएको छ।

५३ वर्षभन्दा बढीको गौरवशाली इतिहास बोकेको यो बैंक देशकै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक हो । कृषि, उद्योग, व्यापार, वाणिज्य र घरायसी क्षेत्रमा लगानी गरेको बैंकले १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

बैंक देशका ७ प्रदेश र ७७ जिल्लामा २७८ कार्यालयसहित फैलिएको छ।

कमेन्ट गर्नुहोस्