सर्वसाधारणको निक्षेपलाई लिएर व्यक्तिगत लगानी गर्दा श्री लालीगुराँस सहकारी समस्यामा

342
0
Share:

पछिल्लो समय एकपछि अर्को सहकारीहरुमा समस्या देखिन थालेको छ । अझ ठूला भनिएका सहकारीहरु बढी समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम भेगसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी भन्ने नाराका साथ स्थापना गरिएका सहकारीहरु आज सर्वसाधारणको विश्वास गुमाउँदै गएका छन् । देशका ठूला भनिएका सहकारीहरुनै समस्याग्रस्त अवस्थामा पुगेका छन् ।

समस्यामा श्री लालीगुराँस सहकारी

यसै अन्तर्गतको एउटा ठुलो सहकारी समस्यामा परेको छ । ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त उन्मुख भएको हो । उक्त सहकारी सहकारी क्षेत्रमा निकै ठुलो पहिचान बनाउन सफल सहकारी मानिन्छ । तथापी यसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले सहकारीमा आएको निक्षेपलाई व्यक्तिगत व्यबसायमा प्रयोग गरेपछि समस्या बढेको हो ।

रकम व्यक्तिगत रुपमा चलाएपछि समस्या यस सहकारी संस्थाका अध्यक्ष अमरदाश श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आपसी मिलेमातेमा कोभिड-१९ अगाडि नै करिव ४० करोड रुपैयाँ बराबरमा व्यक्तिगत जग्गामा लगानी गरे । सहकारीमा जम्मा भएको सर्वसाधारणको रकमले जग्गा खरिद गरेर धेरै पैसा कमाउने चाहाना उनीहरुमा तिब्र बढ्यो । सहकारीमा आएको रकम अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रयोग गरेपछि सहकारीमा तरलताको अभाव थप चर्कियो ।

यसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी सहकारीको रकमान्तरण गर्न खप्पिस व्यक्ति मानिन्छन् । त्यसो त सहकारी पछिल्लो समय देखा परेको तरलताको समस्या मुख्य समस्या हो ।

बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी

पछिल्लो समय श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेको छ । सहकारी समयमा नै रकम फिर्ता गर्न नसक्दा बचतकर्ता आक्रोशित हुन थालेका छन् । रकम फिर्ता लिन आएका बचतकर्तालाई सहकारीले सिस्टम बिग्रिएको छ भन्दै गेटबाटै फर्काउने गरेको पाइएको छ ।

यस विषयमा अर्थसञ्जालले बुझ्न खोज्दा अहिले तरलता अभाव रहेको कारण बचतकर्तालाई रकम फिर्ता गर्न नसकेको संस्थाका एक कर्मचारी स्वीकारे । यस विषय थप जानकारी लिनको लागि प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई पटकपटक फोनसम्पर्क गर्दा उनको फोन उठेन ।

यस अघि यस्तै समस्याबाट गुज्रीएका दुई धनाड्य सहकारी समस्याकै कारण जेल जीवन बाँचीरहेका छन् । ओरेन्टीयल सहकारीका सुधिर बस्नेत र सिभिल सहकारीका इच्छाराज तामाङ नगद अभावकै कारण सहकारी डुबाएवपछि रकम भुक्तानी गर्न नसक्दा थुनामा परेका छन् ।

पछिल्लो समय गौतमश्री बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष राम गौतम पनि सहकारी डुबाएको अभियोगमा छन् । सहकारीका संचालकहरुले रकम आफ्नो व्यवसायमा दगाउँदा कैयौं सहकारी संस्थाहरु समस्या भोगीरहेका छन् भने कतिपय
समस्याउन्मुख हुँदै गएका छन् ।

२०५६ साल भाद्र १८ गते दर्ता भई २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरुवात गरेको हो । यस हिसाबले उक्त सहकारी २३ औं वर्ष पुरा गरी २४ औं वर्षमा संचालित छ । सहकारीलाई स्थानीय तहमा संचालन गर्नुपर्ने भएपनि राजनीतिक आडमा उक्त सहकारी संस्थाले देशैभरी कारोबार गर्दै आएको छ । कार्यक्षेत्रका रुपमा हाल २६ जिल्लामा कारोबार अनुमति लियएको संस्थाको दावी छ ।

ललितपुर, काठमाण्डौं, भक्तपुर, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, धादिङ्ग, काभ्रेपलाञ्चोक, चितवन, बारा, मकवानपुर, पर्सा, रौतहट, गोरखा, लमजुङ्ग, मनाङ्ग, तनहुँ, कास्की, स्याङ्गजा, अर्घखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी (पुर्व) नवलपरासी ९पश्चिम०, पाल्पा र रुपन्देहीभर कायम रहेको छ ।

सहकारीले देशव्यापी लाइसेन्स कसरी पायो या विना लाइसेन्स देशैभरी कारोबारकसरी गर्दै छ ? भन्ने विषयलाई अर्को चासोको रुपमा लिइएको छ ।

मर्जरमा लगेर समस्या ढाकछोप गर्ने रणनीति सहकारीले एकातीर आफ्नै भवन अवैधानिक तरीकाले बनाएको समस्या झेलीरहेको छ
भने अर्कोतीर रकम अभावको समस्या । सहकारी संस्था अफ्ठेरोमा परेपछि मर्जरमा जाने योजना बनाइयो । मर्जरमा लगेर समस्या ढाकछोप गर्ने सहकारीको रणनीति रहेको छ । मर्जरमा जानका लागि लामो अभ्यास पछि स्टार बचत तथा ऋण सहकारी संस्थालाई हाल लिइएको छ ।

श्री लाली गुँरास सहकारी छिटो मर्जरमा जान आतुर भएपछि मर्जर संझौता भइसकेको छ । ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भइसकेको छ ।

सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईले हस्ताक्षर गरेका छन् ।

सहकारी ऐन–२०७४, नियमावली–२०७५ र सहकारी संस्थाको एकिकरण तथा विभाजन निर्देशिका–२०७७ ले सहकारी बीच मर्जरमा जान बाटोखोलेको थियो । सोही अनुसार यी दुई सहकारीको एकिकरण सम्झौता भएको हो । सम्झौता पत्रमा दुई
सहकारी एकिकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ ।

कार्यदलमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी लिका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै, स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट (सिए) प्रयास श्रेष्ठ रहेका छन् । सम्झौतालगत्तै दुई संस्थाबीच श्री लालीगुँरास र स्टारबीचको मर्जर प्रकृया शुरुवात भएको छ ।

कमेन्ट गर्नुहोस्