विद्युत बिक्रीको आम्दानी घट्दा पाँचथर पावरको नाफामा पनि गिरावट, प्रतिसेयर आम्दानी कति ?

164
0
Share:

पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। असोज मसान्तसम्म आइपुग्दा कम्पनीको नाफामा गिरावट आएको छ ।

सो अवधिसम्म आइपुग्दा कपनिको खुदा नाफा १६.५६ प्रतिशतले घटेर ८ करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ३.२९ प्रतिशतले घटेर १५ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ । । गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको अन्य स्रोतको आम्दानी घटेर ५ लाख ८१ हजार रुपैयाँ मात्र भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १२ लाख ६ हजार रुपैयाँमा रहेको थियो।

चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ। गत वर्ष यही अवधिमाजगेडा कोषमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर ८.९४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १०.७२ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२१.०९ रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्