एभरेस्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

142
0
Share:

एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको शुक्रबार (कात्तिक १८) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

कमेन्ट गर्नुहोस्