बजारमा लगानीयोग्य पुँजीको अभाव छ : राष्ट्र बैंक

163
0
Share:

काठमाडौं । नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बजारमा तरलताको अभाव नरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा तराई विकास तथा सन्चार केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै तरलताको अभाव नरहेको र लगानीयोग्य पुँजीको भने अभाव रहेको बताए ।

विदेशी विनिमय सञ्चिती घटेकै कारण अहिले तरलता अभाव भोग्नुपरेको उनले बताए । उनी भन्छन्, ‘२०७८ असोजदेखि नै तरलता अभावको सुरु भएको हो ।क्रेडिट बढ्ने डिपोजिट कम हुने अनि क्रेडिट कहाँ गयो त भन्दा आयातमा गयो । त्यसो हुँदा हाम्रो पैसा बाहिर गयो । त्यसैले हामीसँग तरलताको अभाव हुन थाल्यो ।’ तरलतालाई बढाउनको लागि विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने उनले बताए ।

नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेको र कोरोनको कारण सिर्जित बाध्यमक परिस्थितिको कारण अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । पछिल्लो समय विश्व अर्थतन्त्र नै केही न केही समस्यामा अल्झिरहेको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका अर्थसचिव रामेश्वर दंगालले आयातमा लगाइएको प्रतिबन्धका कारण राजस्वमा प्रभाव परेको जानकारी दिए ।

अर्थविद् डा चन्द्रमणि अधिकारीले राजस्व सङ्कलनमा राजनीतिक दलहरूको ध्यान नपुगेको बताए ।

कमेन्ट गर्नुहोस्