अधिकाशं सूचकमा नबिलभन्दा एनआईसी एसिया बैंक अगाडि, तीन महिनामा कमायो सर्वाधिक नाफा

183
0
Share:

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छ । अघिकांश बैंकहरुले आफ्नो नाफा बढाएका छन् भने केही बैंकको नाफामा गिरावट आएको छ ।

वाणिज्य बैंकहरु मध्ये पनि एनआईसी एसिया बैंक र नबिल बैंकको विशेष चर्चा हुने गरेको छ । यी २ बैंकले सार्वजनिक गरेको वित्तीय विवरणको आधारमा को बलियो त ? आज हामी यी दुई बैंकको पहिलो त्रैमासिक वित्तीय विवरणको आधारको कसको सूचक बलियो छ, तुलना गर्दैछौँ ।

चुक्ता पुँजीको आधारमा हेर्ने हो भने एनआईसी एसिया बैंकको तुलनामा नबिल बैंक बलियो रहेको छ । नबिलको चुक्ता पूँजी २२ अर्ब ८३ करोड छ भने एनआईसीको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको मात्र रहेको छ ।

खुद नाफा आर्जनको हिसाबले नबिलभन्दा एनआईसी अगाडि देखिन्छ । एनआईसीले असोज मसान्तसम्म १ अर्ब ७५ करोड खुद नाफा गरेको छ । त्यसैगरी, नबिल बैंकले १ अर्ब ५७ करोड खुद नाफा गरेको छ । जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतले धेरै र २६ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो । नबिलको खुद नाफा ४१.३० प्रतिशतले बढेको छ ।

वितरणयोग्य मुनाफाको आधारमा पनि नबिलभन्दा एनआईसी एसिया बैंक नै बलियो देखिएको छ । असोज मसान्तसम्म एनआईसीको वितरणयोग्य मुनाफा ४ अर्ब २० करोड रहेको छ भने नबिल बैंकको २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानीको आधारमा तुलना गर्दा एनआईसी एसिया भन्दा नबिल बैंक थोरै अगाडि देखिन्छ । तीन महिनाको अवधिमा एनआईसीले ३ अर्ब ४१ करोड खुद ब्याज आम्दानी गर्दा नबिल बैंकले ३ अर्ब ६७ करोड खुद ब्याज आम्दानी गरेको छ ।

एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब ५२ करोड सञ्चालन मुनाफा आर्जन गर्दा नबिल बैंकले २ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । यसमा पनि एनआईसी एसिया बैंकले नै अग्रता राखेको छ ।

निस्क्रिय कर्जा अर्थात् एनपीएलका आधारमा पनि एनआईसी एसिया बैंक नबिल बैंकभन्दा अगाडि देखिएको छ ।  एनआईसीको एनपीएल शून्य दशमलव ५९ प्रतिशत मात्र रहेको छ। नबिल बैंकको एनपीएल २ दशमलव ३३ प्रतिशत रहेको छ । बैंकको निस्क्रिय कर्जा जति कम भयो त्यति राम्रो मानिन्छ ।

सञ्चित नाफा एनआईसी एशिया बैंकको धेरै छ । एनआईसीको सञ्चित नाफा ४ अर्ब २० करोड हुँदा नबिल बैंकको २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) को आधारमा पनि नबिलको तुलनामा एनआईसी बैंक धेरै अगाडि छ । एनआईसीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा छ भने नबिल बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०१ पैसा छ ।

किताबी मूल्य अर्थात् बुक भ्यालूको आधारमा नबिल बैंक एनआईसी एसियाको तुलनामा थोरै बलियो देखिएको छ ।  एनआईसी एसियाको किताबी मूल्य २३१ रुपैयाँ ६३ पैसा रहेको छ भने नबिल बैंकको किताबी मूल्य २३३ रुपैयाँ २८ पैसा रहेको छ ।

जगेडा कोषमा नबिल बैंक अघि छ । नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ भने एनआईसीको जगेडा कोषमा ११ अर्ब १ करोड रुपैयाँ सञ्चित रहेको छ ।

असोज मसान्तसम्म एनआईसी एसिया बैंकले ३ खर्ब ४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै, नबिल बैंकले ३ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेको छ । यस भने नबिल नै अगाडि देखिएको छ ।

वित्तीय प्रगतिको आधारमा तुलना गर्दा अधिकांश सूचकमा नबिल बैंकभन्दा एनआईसी एसिया बैंक अगाडि देखिएको छ ।

बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको एनआईसी एसिया बैंकले समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले खुद नाफासँगै निक्षेप, कर्जा, ब्याज आम्दानी, कुल आम्दानी, सञ्चालन नाफा, आरओई, ईपीएस, बजार पूँजीकरण, शाखा, एटिएम, कर्मचारी संख्याजस्ता सूचकहरुमा उच्च प्रगति यथावत राख्न सफल भएको छ।

कमेन्ट गर्नुहोस्