प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनमा आकर्षक छुट प्राप्त गर्ने

228
0
Share:

प्रभु बैंक लिमिटेड र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइन प्रालिका तर्फबाट अध्यक्ष विदुर पौड्यालद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त जिपलाइन बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहका ग्राहकहरूले हार्नेस् जिपलाइन प्रा.लि. द्वारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एन्ड क्लासिक जिपलाइन) सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।

उक्त सम्झौता अन्तर्गत हार्नेस् जिपलाइन प्रा.लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, हार्नेस् जिपलाइन प्रा.लि. का उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको साे कम्पनिले जनाएकाे छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुन्छन् भन्ने बैंकले विश्वास लिएको बताएकाे छ ।

कमेन्ट गर्नुहोस्