सेयर बजारमा देखियो सुधारको संकेत, नेप्से परिसूचकसँगै कारोबार रकम समेत उल्लेख्य वृद्धि

187
0
Share:

साताको दोस्रो कारोबार दिन पनि सेयर बजारको उकालो यात्रै निरन्तरता पाएको छ । तिहार र छठपछि पहिलो दिन सोमबार खुलेको बजार दोहोरो अंकले बढेको थियो । आज मंगलबार पनि सेयर बजारमा आज उछाल आएको छ ।

यस नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । निरन्तर घटिरहेको बजार बढेसँगै लगानीकर्तामा थोरै भएपनि उत्साह थपिएको छ ।

यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ बिन्दुमा उक्लिएको छ । आज नेप्से २.९९ प्रतिशतले बढेको हो ।

यता ठूला तथा अलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ११.२८ अंकले बढेर ३८२.१४ बिन्दुमा उक्लिएको छ ।

लामो समयदेखि एक अर्ब पनि पुग्न हम्मेहम्मे कारोबार रकम पनि आज एक अर्ब नाघेको छ । आज यूक अर्ब २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यस नेप्सेमा सूचिकृत १३ वटै सूचकमा हरियाली छाएको छ । आज अन्य समूहको सेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ । त्यसैगरी फाइनान्स, लगानी, हाइड्रो व्यापार, विकास बैंक लगायत समूहका लगानीकर्ताले पनि सर्वाधिक नाफा कमाएका छन् ।

यस कारोबार आएकामध्ये ३ कम्पनीको मात्र सेयर मूल्यमा गिरावट आएको छ । आज १८१ कम्पनीको सेयरमूल्य बढेको छ ।

कमेन्ट गर्नुहोस्