चाडपर्वपश्चात पनि बिओकेको २५ प्रतिशतसम्मको नगदफिर्ता योजना

209
0
Share:

बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दसैँ, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने उद्देश्यले २५ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको विदितै छ।

यसैअनुरुप चाडपर्वमा मात्र होइन चाडपर्वपश्चात् पनि आफ्ना ग्राहकलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ। यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथमपटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु. १५० सम्मको नगदफिर्ता पाउनेछन्।

यस नगदफिर्ता योजना यही कात्तिक १५ गते मंगलबारबाट आउँदो कात्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले ग्राहकलाई आजै नगदफिर्ता योजनाको फाइदा लिन बैंकले सबैलाई अनुरोध गरेको छ। ग्राहकलाई विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्वपश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ।

विद्युतीय कारोबारमा बैंकका ग्राहकलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले विभिन्न ई–कमर्स प्लेटफर्म, होटेल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्टोर, अस्पताल, स्वास्थ्य क्लिनिक, इन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरिरहेको छ। भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्