एलन मस्क ट्विटरकाे सिइओ बन्ने

211
0
Share:

विश्वका धनाढ्य व्यक्ति एलन मस्कले ट्विटर किन्ने प्रक्रिया पूरा गरेर आफूलाई कम्पनीको नयाँ सिइओ र निर्देशक बनाउन लागेका छन् ।

कम्पनीले सेक्युरिटी फाइलिङमा यसबारे जानकारी दिएको छ । करिब ४४ अर्ब डलरमा ट्विटर किनेका मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन् ।

यी परिवर्तनहरू कम्पनीका सिइओ पराग अग्रवाल र अन्य उच्च अधिकारीहरूलाई बर्खास्त गरेपछि सुरु भएको हो । अहिले मस्कले सञ्चालक समितिलाई बर्खास्त गरेर आफूलाई कम्पनीको एकमात्र सञ्चालक बनाएका छन् ।

हालैको न्यूयोर्क टाइम्सको रिपोर्टले दावी गरेको छ कि एलन मस्कले ट्विटरबाट ठूलो मात्रामा कर्मचारीहरूलाई हटाउन लागेका छन् । बर्खास्त गर्न सकिने यस्ता कर्मचारीको सूची बनाउन उनले व्यवस्थापकलाई आग्रह गरेका छन् ।

मस्कले ट्विटरको अधिग्रहण गर्नुअघि उनले कर्मचारीको संख्या घटाउने चर्चा थियो । कतिपय रिपोर्टले उनले ७५ प्रतिशतले श्रमशक्ति घटाउने समेत जनाएकाे छ । अहिले ट्विटरमा करिब साढे सात हजार कर्मचारी छन् ।

कमेन्ट गर्नुहोस्