
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८- ०७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कमेन्ट गर्नुहोस्








