कार्तिक २७ बाट नेप्सेको नयाँ वेबसाइट सञ्चालनमा आउने, २५ गतेसम्म नयाँ लगइन र युजर आइडी लिन आग्रह

128
0
Share:

कार्तिक २७ गते देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ भर्जनको वेबसाइट सञ्चालन गर्ने भएको छ । नेप्सेले सूचना प्रकाशित गर्दै नयाँ वेबसाइट सञ्चालनमा ल्याउने जनाएको छ ।

यसका लागि सम्पूर्ण सूचीकृत सङ्गठित संस्थालाई सर्कुलर जारी गर्दै नेप्सेले कात्तिक २५ गतेभित्र लगइन र युजर आईडी लिन आग्रह गरेको छ ।

नेप्सेले नट्स लगइन र युजर आइडी अनिवार्य हुने भएकोले लिनको लागि कम्पनीहरुलाई सूचीकृत गरेको हो । सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरू नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने जनाइएको छ ।

योसँगै पुरानो वेबसाइटका लगइन र युजर आईडी खारेज हुन नेप्सेले सूचना जारी गर्दै उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्