ट्विटरले भेरिफिकेसन प्रक्रिया परिमार्जन गर्दै, ब्लू टिकलाई मासिक शुल्क लिने

124
0
Share:

ट्विटरले आफ्नो प्रयोगकर्ता प्रमाणिकरण प्रक्रियालाई परिमार्जन गर्ने भएको छ । एलन मस्कले स्वामित्व लिएसँगै उनले ट्विटरको प्रमाणिकरण प्रक्रिया परिमार्जनको तयारी भइरहेको बताएका हुन्।

मस्कले आफ्नो ट्विटमा भनेका छन् । यद्यपि उनले के कस्ता फिचरहरू परिवर्तन हुनेबारे स्पष्ट पारेका छैनन् ।ट्विटरले आफ्नो खाता प्रमाणित गर्ने नीलो चेक मार्कको लागि शुल्क लिने तयारी गरिरहेको पनि टेक्नोलोजी न्यूजलेटर प्लेटफर्मरले दाबी गरेको छ। जसअनुसार प्रयोगकर्ताहरूले प्रति महिना ४.९९ अमेरिकी डलरसम्म तिर्नपर्ने हुन सक्छ ।

हालसम्म टेस्ला इंकका सीईओसमेत रहेका मस्कले अन्तिम निर्णय भने गरेका छैनन् । ट्विटर ब्लू गत वर्ष जुनमा प्लेटफर्मको पहिलो सदस्यता सेवाको रूपमा सुरू गरिएको थियो ।

कमेन्ट गर्नुहोस्