
काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिसम्म आइपुग्दा फाइनान्सको खुद नाफा १०१.०५ प्रतिशतले बढेर ३ करोड ३३ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीको सञ्चालन नाफा पनि ७६.१९ प्रतिशतले बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा २ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि उछाल आएको छ । समिक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ३१७४.४९ प्रतिशतले बढेर ८ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा २४ लाख ७७ हजार रुपैयाँमा सीमित थियो ।
फाइनान्सको वितरणयोग्य नाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ७२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर ७.४२ प्रतिशत कायम भएको छ ।
असोक मसान्तसम्म कम्पनीले ७ अर्ब १ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७५ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।








