एलेन मस्क बने ट्विटरका मालिक

155
0
Share:

काठमाडौं । टेस्लाका संस्थापक एलेन मस्क अब ट्विटरका मालिक बनेका छन् । ट्वीटर प्रोफाइलमा उनले ट्विटर हेडको पनि उल्लेख गरेका छन् । यससँगै पराग अग्रवाल र सीएफओलाई पनि हटाएको बताइएको छ ।

स्रोतका अनुसार ट्विटरका सीईओ पराग अग्रवाल र वित्त प्रमुख नेद सहगलले कम्पनीको सान फ्रान्सिस्को मुख्यालय छोडेका छन् ।

मस्कले ट्विटरमा आफ्नो ४४ बिलियन डलरको अधिग्रहण पूरा गर्न वा कम्पनीसँग अदालतको लडाइको सामना गर्न शुक्रबारसम्मको समय थियो।

अन्तिम सम्झौताको एक दिनअघि मस्कले ट्विटर किन्नुको पछाडि आफ्ना उद्देश्यहरु खुलाएका हुन्। मस्कले आफ्नो ट्विटर अकाउन्टमा एउटा पोस्ट जारी गर्दै यो प्लेटफर्मका बारेमा आफ्नो धारणा व्यक्त गरेका छन्।

टेस्लाका सीईओ एलोन मस्कले ट्वीटर इंकका कर्मचारीहरूलाई आफूले कम्पनीको जिम्मेवारी लिएपछि ७५ प्रतिशत कर्मचारीहरूलाई हटाउने कुनै योजना नभएको बताएका छन्। टेस्लाका सीईओ एलोन मस्कले अक्टोबर २८ सम्ममा ट्विटर इन्कसँग आफ्नो ४४ बिलियन डलरको खरिद पूरा गर्ने योजना बनाएका छन्। किनभने टेस्लाका सीईओसँग या त ट्विटर सम्झौता पूरा गर्ने वा हप्ताको अन्त्यसम्ममा अदालतमा मुद्दाको सामना गर्ने समय छ।

कमेन्ट गर्नुहोस्