यी हुन् लगानीकर्ताले हेर्नैपर्ने सेयर बजार आधारित चलचित्रहरु

213
0
Share:

काठमाडौं । अहिले तिहार बिदा छ । यो फुर्सदको समयलाई तपाइँले नयाँ कुरा सिक्न र अध्ययन गर्नमा खर्चन सक्नुहुन्छ ।फुर्सदको समयलाई कतिपय व्यक्तिहरु  घुमघाम, रमाइलो र पारिवारिक जमघटमा व्यतित गर्न रुचाउँछन् ।

कतिपय व्यक्तिहरु भने नयाँ कुरा सिक्न र अध्ययन गर्नमा फुर्सदको समयलाई खर्च गर्न चाहन्छन् । तिहारको बिदामा तपाइँ पनि नयाँ कुरा अध्ययन गर्न अथवा हेर्न खोजिरहनुभएको छ भने तपाइँले सेयर बजारसँग सम्बन्धित विभिन्न चलचित्र, टिभी सिरिज, वेब सिरिजहरु हेर्न सक्नुहुन्छ ।

हिन्दी, अङ्ग्रेजी र अन्य भाषामा पनि सेयर बजारमा आधारित चलचित्र, टिभी सिरिज, वेब सिरिज र धेरै डकुमेन्ट्रीहरू बनेका छन् ।

यहाँ हामी त्यस्ता केही हिन्दी/अङ्ग्रेजी चलचित्रहरू, वेब सिरिजहरूबारे जानकारी गराउँदै छौँ ।

सेयर बजारमा बनेका हिन्दी चलचित्र

 हिन्दी फिल्महरु

१. सेयर बजार (१९८७) – यो हिन्दी फिल्म दुई सेयर बजार व्यापारी भाइ मनसुख र हसमुख मेहतामा आधारित छ । जसले बम्बई स्टक एक्सचेन्जमा हंगामा मच्चाएका छन् । यस फिल्ममा ज्याकी श्राफ र डिम्पल कपाडियाले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

२. गफ्ला (२००६) – यो फिल्म बम्बई स्टक मार्केटमा १९९२ को कुख्यात सेक्युरिटी घोटालाका मुख्य अभियुक्त हर्षद मेहताको जीवनमा आधारित छ । यो फिल्म युट्युबमा हेर्नको लागि उपलब्ध छ ।

३. सास बहू और सेन्सेक्स (२००८) – यो फिल्म २००८ मा रिलिज भएको हिन्दी फिल्म हो । सोना उर्वशीले निर्देशन गरेको यो फिल्म सेयर बजारमा पैसा लगानी गर्ने र त्यहाँ काम गर्ने बारे केही भन्नका लागि अन्य मसला थपेर बनेको मसला हिन्दी फिल्म हो । यो फिल्ममा किरण खेर, तनुश्री दत्ता, अंकुर खन्ना, फारुक शेख आदिले काम गरेका छन् ।

४. जो हम चाहिँ (२०११) – डेब्यु नायक सन्नी गिल, नायिका सिमरन मुन्डी र डेब्यु निर्देशक पवन गिलको यो पहिलो फिल्म थियो । जसमा नायकले एमबीए गरेपछि बम्बई सेयर बजारमा व्यापारी बनेर आफ्नो जीविकोपार्जन गर्न थाल्छन् ।

५.बजार (2018) – यस फिल्मका नायक सैफ अली खान हुन् जसले सेयर बजारमा कुनै पनि माध्यमबाट पैसा कमाउनमा विश्वास गर्छन्। शेयर बजारका धेरै कालो र सेतो गतिविधिहरू यसमा देखाइन्छ जस्तै इन्साइडर ट्रेडिङ आदि।

६. घोटाला 1992 – हर्षद मेहता स्टोरी (हिन्दी) – SonyLiv मा उपलब्ध छ। नामबाटै यो फिल्म हर्षद मेहताको जीवनमा आधारित छ ।

७. बिग बुल (हिन्दी) (२०२०) – अमेजन प्राइममा ८ अप्रिल २०२१ मा उपलब्ध छ । यसलाई अजय देवगन र कुकी गुलाटीले निर्माण गरेका हुन् । यसमा अभिषेक बच्चन मुख्य भूमिकामा छन् । यो फिल्म पनि हर्षद मेहताको जीवनमा आधारित छ ।

 

सेयर बजार आधारित अंग्रेजी चलचित्रहरू

अङ्ग्रेजी भाषामा फिल्म बनाउने सबैभन्दा ठूलो केन्द्र अमेरिकाको हलिउड हो। त्यहाँ नयाँ नयाँ विषयमा फिल्म बनाउने काम भइरहन्छ ।

हलिउडले सेयर बजारमा आधारित धेरै चलचित्र र वेब सिरिज अंग्रेजीमा बनाएको छ ।

Trading Places (1983)

Wall Street (1987)

Other People’s Money (1991)

Barbarians at the Gate (1993)

Rogue Trader (1999)

Boiler Room (2000)

Wall Street Warriors (2006)

Million Dollar Traders (2009)

Margin Call (2011)

Too Big to Fail (2011)

Wall Street – Money Never Sleeps (2011)

Arbitrage (2012)

The Wolf of Wall Street (2013)

The Big Short (2015)

Equity (2016)

Money Monster (2016)

एजेन्सी 

कमेन्ट गर्नुहोस्