बिओके क्यापिटल मार्केटको लाभांश पारित

161
0
Share:

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आज (कार्तिक ४ गते) कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले आथिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरु परित गर्नुका साथै आ .व .२०७८/७९ मा सचिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गरेको छ

त्यसैगरी, आगामी आर्थिक वर्ष २०७९/८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी श्री बि.ओ.के. क्यापिटल मार्केट लि., कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्