
काठमाडौं । शोधानान्तर घाटा साउनभन्दा भदौमा अझ बढेको छ । नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार भदौमा चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो ।
यस्तै, साउन मसान्तसम्म २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको शोधानान्तर स्थिति भदौ मसान्तसम्ममा भने २३ अर्ब ६८ करोड रुपैयाँ ले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो ।
कमेन्ट गर्नुहोस्








