
बैठकले लिग आउदो पुस २६ देखि जेठ २० सम्म आयोजना गर्ने निर्णय पनि गरेको छ । पाँच महिना सम्म चल्ने लिगका केही खेल काठमाडौं उपत्यका बाहिर पनि आयोजना हुनेछ । पोखरा र विराटनगरमा पनि लिगका खेल हुने सम्भावना रहेको छ ।
बैठकले लिगको व्यवस्थित आयोजनाका लागि कार्यशाल गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । सहिद स्मारक लिग ‘ए’ डिभिजनमा कुल १४ टिम छन् । ‘डबल राउन्ड रोबिन’ को आधारमा लिग हुँदा क्ल १ सय ८२ खेल हुनेछन् ।नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘डबल राउन्ड रोबिन’ मा हुन लागेको भने यो पहिलो पल्ट होइन् । यसअघि ०६२, ०६३ र ०६६–०६७ मा तीन पल्ट ‘डबल राउन्ड रोबिन’ को आधारमा ‘ए’ डिभिजन भएको थियो ।
कमेन्ट गर्नुहोस्







