
बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७८-७९का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आज बिहान ११ बजे बजेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १४.९५ प्रतिशत नगद लाभांश (करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २८ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

कमेन्ट गर्नुहोस्








