ओलीले टिकट नदिएपछि एमाले छाड्दै करिश्मा मानन्धर

210
0
Share:

एमाले नेतृ एवं अभिनेतृ करिश्मा मानन्धरले पार्टी छाड्ने तयारी गरेकी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट उनले पार्टी छाड्न लागेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी छन् । ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए ।

करिश्माको यो स्टाटसलाई टिकट नपाउनुको आक्रोशका रूपमा लिइएको छ तर आज महसुस हुँदै छ ११ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ करिश्माको यो स्टाटसलाई टिकट नपाउनुको आक्रोशका रूपमा लिइएको छ

तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य करिश्मा ८ चैत २०७८ मा धुमधामसँग एमाले प्रवेश गरेकी थिइन् । स्थानीय चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी उनले एमालेको प्रचारप्रसार अभियानमा पूर्ण रूपमा साथ दिइन् । भाषणका क्रममा आफूलाई एमाले हुँ भनेर प्रमाणित गर्न आफ्नो न्वारानको नामसमेत सार्वजनिक गरेकी थिईन ।

 

कमेन्ट गर्नुहोस्