उम्मेदवारी खारेजविरुद्ध सर्वाेच्चमा परेकाे रिट न्यायाधीश फुयाँलको इजलासमा

202
0
Share:

रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ । आफ्नो उम्मेदवारी कायम नै हुनुपर्ने माग गर्दै गुरुङले हालेका रिटको पेसी न्यायाधीश फुयाँलको इजलासमा तोकिएको हो ।

रिटमा निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको छ । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका हुन् ।

सत्ता गठबन्धनले राजनीतिक पूर्वाहग्रहका आधारमा गुरुङको उम्मेदवारी खारेज गरिएको भन्दै उम्मेदवारी कायम राखिदिन पनि माग गरेको थियो ।

कमेन्ट गर्नुहोस्