मतपत्र छपाइ सुरु, प्रत्यक्षतर्फ ४ सय ९५ किसिमका मतपत्र हुने

186
0
Share:

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि बिहीवारदेखि मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्ययक निर्वाचन क्षेत्रका लागि फरक फरक मतपत्र छाप्न लागिएको हो । ४ सय ९५ किसिमका मतपत्र रहेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ उम्मेदवारको मात्र चुनाव चिन्ह रहने व्यवस्था छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव तयारीका विभिन्न कामहरु गरिरहेको छ । आयोगले प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारको नामावली प्रकाशन गरिरहेको छ । बुधवार स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्