मलाई चुनावमा हराउन नसकिने भएपछि टिकट खोसियो : भीम रावल

137
0
Share:

नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई टिकट नदिएको विषयमा नभइ एमालेभित्र नीति र विधि उल्लंघन भएकोमा प्रश्न उठाएको बताए । आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाएका छन् ।

होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुरमा टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ ? भनेर प्रश्न गरेका छन् ।

अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए । उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ ।

कमेन्ट गर्नुहोस्