सन्दीपलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

122
0
Share:

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनलाई गत सोमबार असोज २० गतेबाटै लागू हुने गरी ७ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उक्त म्याद आज सकिँदै थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसबेला उनी विदेशमा थिए । उनी नेपाल फर्कन ढिलाइ गरेपछि नेपाल प्रहरीको आग्रह अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

त्यसपछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए । त्रिभुवन विमानस्थलमा अवतरण हुन साथ उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्